देश

काठमाडौँको सभापतिमा बानियाँ निर्वाचित


काठमाडौँ – नेपाली कांग्रेस काठमाडौं सभापतिमा कृष्णसबुज बानियाँ निर्वाचित हुनुभएको छ । बानियाले एक हजार ९ सय ५७ मत ल्याएर विजयी हुनुभएको छ ।

बानियाँ यसअघि पनि काठमाडौं जिल्ला कार्यसमितिको सभापति हुनुहुन्थ्यो । आज बिहान आएको मतपरिणामअनुसार बानियाँले सभापतिका अर्का उम्मेदवार उपेन्द्र कार्कीलाई पराजित गर्नुभएको हो । कार्कीले एक हजार ८९ मत ल्याउनुभएको थियो ।

बानियाँलाई नेता प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापाको समर्थन थियो भने कार्कीलाई सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट भीमसेनदास प्रधानको समर्थन थियो । उपसभापतिमा गोकर्ण केसी र राजकुमार नकर्मी निर्वाचित हुनुभएको छ । सचिवमा ईन्द्रबहादुर थापा र गोविन्द पुडासैनी तथा सहसचिवमा अमिता प्रधान र रोमलाल श्रेष्ठ निर्वाचित हुनुभएको छ ।