राजनीति

न्यायपालिकामा देखिएको समस्याको समाधान सरोकारवाला निकायले गर्नुपर्छ : माधव नेपाल


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले न्यायपालिकामा देखिएको समस्याको समाधान सरोकारवाला निकायहरुले गर्ने बताउनु भएको छ । आइतबार नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीहरुले बुझाएको ज्ञापन पत्र लिँदै अध्यक्ष नेपालले न्यायपालिकामा देखिएको समस्यालाई सरोकारवाला निकायहरुले हल गर्ने बताउनु भएको हो ।

उहाँले यो विषय न्यायिक क्षेत्रको मात्र सरोकारको विषय नभएर राज्यको नै प्रत्यक्ष सरोकारको विषय भएको बताउनु भयो । अध्यक्ष नेपालले अदालतको विषयमा सरकारमा रहेका ५ गठबन्धनहरुले छलफल गरेको बताउँदै सरोकारवाला पक्षहरुलाई वार्तामा बसेर समाधान खोज्न आग्रह गरेको पनि बताउनु भयो ।

अध्यक्ष नेपालले धेरै मानिसले न्याय पाउन नसकिरहेको भन्दै छिटो भन्दा छिटो समस्याको समाधान हुने बताउनु भयो ।