राजनीति

पार्टीलाई गतिशिल बनाउन नेतृत्व परिवर्तन गर्नुपर्छ, वर्तमान नेतृत्व असफल भयो : प्रकाशमान सिंह


काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले १४ औं महाधिवेशनपछि पार्टीमा नेतृत्व फेरिनु पर्ने बताउनुभएको छ ।
नेपाली काँग्रेस काठमाडौं जिल्ला कार्य समितिको जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै उहाँले पार्टीको विधान, नीति, नियमलाई सँगै लिएर पार्टी सञ्चालन गर्नका लागि नेतृत्व परिवर्तन हुन जरुरी रहेको बताउनुभएको हो ।

नेतृत्व कमजोर भएकोले नै गत चुनावमा नेपाली काँग्रेस १६५ सिटमध्ये २३ सिटमा खुम्चिएको भन्दै नेता सिंहले पार्टीलाई नियमले चलाउन नेतृत्व परिवर्तनको विकल्प नरेहको बताउनु भयो ।

नेता सिंहले प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसभित्र भइरहेको कुसंस्कार चिर्न अबको नेतृत्वले काम गर्ने र पुरानो नेतृत्वलाई हटाउनु पर्ने भन्दै नयाँ नेतृत्व चयनको लागि मत दिन नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।