राजनीति

एमालेले नयाँ नेतृत्व चयन गर्दै, ओलीले तयार पारे नेताहरूको कार्यविभाजनसहितको सूची


काठमाडौँ – नेकपा (एमाले)को जारी दशौँ राष्ट्रिय महाधिवेशनले आज नेतृत्व चयन गर्ने भएको छ । १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने अधिकार बन्द सत्रले अध्यक्षमण्डलका अध्यक्ष केपी ओलीलाई दिएको छ ।

ओलीले सूची तयार पारिसकेको नेता शेरबहादुर तामाङले जानकारी दिनुभयो । ओलीले पदीय भागबण्डा गरेको केन्द्रीय सदस्यहरूको सूची बन्दसत्रमा पेश गरेपछि हलले ताली बनाएर अनुमोदन गराउने तयारी रहेको छ । अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका भीम रावलले उम्मेदवारी फिर्ता नलिए हलमै पेस गर्ने र पक्षमा रहेकालाई हात उठाउन लगाएर गणना गर्ने तयारी गरिएको तामाङले जानकारी दिनुभयो । बाँकी आकांक्षीहरूले उम्मेदवारी दिने र चुनाव लड्ने घोषणा गरेका छैनन् ।

ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षहरूमा अष्टलक्ष्मी शाक्य, सुवास नेम्बाङ, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र भीम रावल, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा घनश्याम भुसाल, प्रदीप ज्ञवाली र टोपबहादुर रायमाझीको नाम समावेश गर्नुभएको छ ।