देश

बागमती प्रदेशको सभापतिमा भिमसेन दासले उम्मेदवारी दिने


काठमाडौँ – नेपाली कांग्रेसका नेता भिमसेन दास प्रधानले कांग्रेस अधिवेशनमा बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । नेता प्रधानले आज काठमाडौंस्थित शान्तिबाटिकामा बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

उम्मेदवारी घोषणा गर्दै नेता प्रधानले संविधानको मर्म र भावना अनुरुप संघीयताको संस्थागत विकास गराउनका लागि आफुले भुमिका खेल्ने बताउनुभयो । संघीयता कार्यान्वयन अन्त्यन्तै फितलो रहेको उल्लेख गर्दै उहाँले आफु बागमती प्रदेश सभापति भएमा संघीयताको संस्थागत विकासका लागि काम गराउन सक्ने बताउनुभयो ।

नेता प्रधानले प्रदेश भित्रका सबै जिल्लाहरुसँग समन्वय गरी बागमती प्रदेशलाई नमुना प्रदेश बनाउने आफ्नो आशय रहेको पनि बताउनुभयो ।