देश

मजदुरको कुनै समस्या भए मन्त्रालयमा आउन श्रममन्त्रीको आग्रह


काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले मजदुरका कुनै समस्या भए मन्त्रालयमा लिएर आउन आग्रह गर्नुभएको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले मजदुरका कुनै पनि समस्या भए मन्त्रालयमा लिएर आउन विभिन्न संघसंस्थाहरुलाई आग्रह गर्नुभएको हो ।

श्रेष्ठले आफू मन्त्रायलमा केही लिनको लागि नभइ श्रमीक र श्रम मन्त्रालयमा केही गरौँ भन्ने उद्देश्यले आएको बताउनु भयो । उहाँले फोहोर व्यवस्थापनमा सक्रिय रहेका संघसंस्थाहरुलाई राज्यले पनि विशेष महत्व दिनुपर्ने बताउनु भयो ।