काठमाडौँ — नेकपा एमालेको १०औं महाधिवेशनको बन्दशस्त्र सुरु भएको छ । चितवनको सौराहास्थित होटल सेभेन स्टारको बन्द सत्र सुरु हुने हलमा अध्यक्ष केपी शर्मा ओली पुगेका छन् । बन्द शस्त्र सुरु हुने स्थानमा एमाले प्रतिनिधि पनि जान थालेका छन् ।
बन्दशत्रको उद्घाटन सत्रमा एमाले महाधिवेशनको निमन्त्रणामा नेपाल आएका विदेशी पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गर्नेछन् ।
महाधिवेशनको बन्दशत्रले एमाले केन्द्रीय कमिटीको बैठकले शुक्रबार साँझ गरेको विधान संशोधनलाई पनि अनुमोदन गर्ने एक नेताले जानकारी दिए । बैठकले १०औं महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप गरेको थियो ।
शुक्रबार सुरु भएको एमाले महाधिवेशनमा शनिबार नै उम्मेदवारी मनोनयनको कार्यक्रम छ । बिहान १० बजेदेखि सुरु हुने भनिएको बन्दसत्र २ घन्टा ढिला गरि सुरु हुने भएको हो ।
प्रतिक्रिया