राजनीति

बन्दसत्रका लागि एमाले जारी गरियो ८ बुँदे आचारसंहिता


काठमाडौँ — चितवनमा जारी नेकपा एमालेको चितवनमा जारी १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज (शनिबार) बन्दसत्र कार्यक्रम गरिँदै छ ।

बन्दसत्रको कार्यक्रम पहिले निर्धारित समयभन्दा २ घण्टा ढिला मध्याह्न १२ बजे सुरु हुने एमाले नेताहरूले बताएका छन् । अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतीको प्रयास गरिरहकाले बन्दसत्र सुरु हुन ढिलाइ भइरहेको बुझिएको छ ।

यसैबीच बन्दसत्रमा प्रतिनिधि तथा उम्मेदवारहरूले पालना गर्नुपर्ने ८ बुँदे आचारसंहिता जारी गरिएको छ। ​एमालेको निर्वाचन समितिले तयार पारेको आचारसंहितामा पार्टीको विधानविपरीत उम्मेदवारले प्रचारप्रसार गर्ने नपाउने, ४ इन्चभन्दा लामो प्रचार सामग्री प्रयोग गर्न नपाइने, बन्दसत्र अवधिमा छुट्टै भेला गर्न नपाइने, भोजभतेर गर्न नपाइने र मादक पदार्थ पिएर प्रचार गर्न नपाइने उल्लेख छ । यस्तै समूहगत रूपमा उम्मेदवारी लेखिएका वा छापिएका सामग्री हेरेर मतदान गर्ने नपाइने भनिएको छ।