देश

प्रधानमन्त्री देउवाले छलफलका लागि बोलाए कानून व्यवसायीलाई


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आन्दोलनरत कानून व्यवसायीहरुलाई छलफलमा बोलाउनुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनको अगुवाइमा आन्दोलन भएको एक महिनापछि प्रधानमन्त्री देउवाले कानुन व्यवसायीलाई भेटघाटका लागि आजको समय दिनुभएको हो ।

नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले समय माग गरेकाले प्रधानमन्त्री देउवाले बोलाएको बताउनुभयो । बार महासचिव लीलामणि पौड्यालका अनुसार, प्रधानमन्त्रीसँगको भेटमा प्रधानन्यायाधीश जबराको बहिर्गमन र नेपाल बारले अघि सारेको न्यायालय शुद्धिकरणको अवधारणाका विषयमा छलफल हुनेछ ।