देश

प्राकृतिक प्रकोपले जोखिममा रहेका जनतालाई उचित बासस्थानको व्यवास्था मिलाउँदै सरकार


काठमाडौँ – शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्राकृतिक प्रकोप र मानव सृजित समस्याले जोखिममा रहेका जनतालाई उचित बासस्थान दिन काम गरिरहेको बताउनु भएको छ । उहाँले योजनावद्ध विकास गरी अति विपन्न दलीत, अल्पसंख्यक र सीमान्तकृत समुदायलाई नेपालको संविधानमा व्यवस्था भए बमोजिम आवासको हक सुनिश्चित गर्ने उद्देश्यले विभिन्न जिल्लाहरुमा एकीकृत बस्ती विकास कार्यक्रमहरु अगाडि सारिएको बताउनु भयो ।

आज ललितपुरमा शुरु भएको आवास तथा बस्ती सम्बन्धी गोष्ठीको उद्घाटन गर्दै मन्त्री झाँक्रीले नेपाल सरकारको १५ औं योजनामा प्राकृतिक प्रकोप र मानव सृजित समस्याले जोखिममा रहेका बस्ती तथा जनतालाई उचित बासस्थान दिन कार्यक्रम बनाएको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प पछिको पुनःनिर्माणमा नेपालले गरेको काम र अनुभव विश्वलाई महत्वपूर्ण सिकाई हुने कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो । गोष्ठीमा आवास तथा बस्तीसँग सम्बन्धित राम्रा अभ्यास, सिकाइ तथा चुनौति एवं नेपालले कार्यान्वयन गरेका कार्यहरुको बारेमा छलफल हुनेछ ।