राजनीति

कांग्रेसले ३० जिल्लामा पायो नयाँ नेतृत्व, पौडेलमाथि देउवाको दबदवा


काठमाडौँ – प्रमुख सत्तारुढ दल कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत ३० जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । सभापति शेरबहादुर देउवा पक्षीय १७ र वरिष्ठ नेता रामचन्द्र पौडेल निकट १३ जिल्ला सभापति निर्वाचित भएका छन् ।

१३औं महाधिवेशनमा पौडेल समूहले जितेका ८ जिल्लामा देउवा पक्षीय नेता सभापतिमा निर्वाचित भएका छन् । १३ औं महाधिवेशनमा पौडेल समूहले १७ वटा जिल्ला सभापति जितेको थियो । यस पटक १३औंमा जितेका ५ वटा जिल्ला सभापति गुमाएको छ ।

१३ औं महाधिवेशनपछि नयाँ थपिएको रुकुमपूर्वसहित पौडेल पक्षले १३ जिल्ला सभापति जितेको छ । १३ औंमा देउवा समूह निर्वाचित भएको ५ जिल्लामा पौडेल पक्षले यसपाली जितेको छ । प्रदेश एक र कर्णालीमा यसपटक देउवा समूहको उपस्थिति बलियो देखिएको छ ।