राजनीति

एमालेको आज बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित


काठमाडौँ – नेकपा एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक स्थगित भएको छ । चितवनको सौराहामा आज बस्ने गरी तय भएको बैठक स्थगित भएको हो ।

आज बेलुका सौराहामा बैठक बस्ने भनिएको थियो । अर्को बैठक शुक्रबार आवश्यकता अनुसार बस्न सक्ने नेताहरूले बताएका छन् । स्थायी समिति बैठकले बिहीबार सौराहामा केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो । स्थायी समितिले बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्षमण्डलका साथै महाधिवेशन प्रतिनिधि संख्यासमेत बढाउने निर्णय गरेको थियो ।

महाधिवेशनका लागि नेताहरू चितवन पुग्ने क्रम जारी रहेको छ । अध्यक्ष केपी ओली आजै चितवन जाँदै हुनुहुन्छ । एमालेको १० औँ महाधिवेशन चितवनस्थित नारायणी नदी किनारमा भोलि उदघाटन हुँदैछ ।