राजनीति

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत अस्पताल भर्ना



काडमाडौँ –नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत अस्पताल भर्ना हुनुभएको छ ।

रुघाखोकी र ज्वरो देखिएपछि बस्नेत काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना हुनुभएको हो । कांग्रेस अधिवेशनका क्रममा गृह जिल्ला सिन्धुपाल्चोकमा रहेका बस्नेत रुघाखोकी र ज्वरो आएपछि अस्पताल भर्ना हुनुभएको हो ।

जाँचका क्रममा चिकित्सकको सल्लाहअनुसार अस्पताल भर्ना गरिएको बस्नेतको सचिवालयले जनाएको छ । बस्नेत पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि गठित स्वास्थ्य समितिका संयोजकसमेत हुनुहुन्छ ।