राजनीति

आगामी निर्वाचनमा चितवनबाटै मेरो उम्मेद्वारी रहन्छ : प्रचण्ड



काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताउनुभएको छ ।

चितवन भूमिगत संयोजनात्मक जलसिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको सोमबार अबेर उद्घाटन गर्दै उनले गत निर्वाचनमा आफूले चितवनका जनतासँग गरेको बाचा पूरा गर्दै आएको बताउनुभयो ।

दाहालले आगामी निर्वाचनममा चितवन क्षेत्र नं ३ बाटै आफ्नो उम्मेदवारी रहने स्पष्ट पार्नुभयो भरतपुर महानगरको विकास लोभलाग्दो रहेको भन्दै अध्यक्ष दाहालले यसलाई अझ उचाइमा पु¥याउन आफ्नो उम्मेदवारी रहने बताउनुभयो ।

भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निर्वाचन अगाडि जग्गा वितरण गरिने दाहालको भनाइ थियो । चितवनमा पहिलो चरणमा जग्गा वितरण गरिने पनि प्रचण्डले बताउनुभयो ।