देश

मूल्यवृद्धि नियन्त्रणमा किन चासो देखाउँदैन सरकार ? के छ आयल निगमको तयारी ? (भिडियोसहित)


काठमाडौँ – नेपाल आयल निगमले दुई साता नवित्दै दुई पेट्रोलियम पदार्थको बढाएको छ । गत कार्तिक १२ गते पेट्रोलियम पदार्थलगायतको मूल्य बढाएकोमा १३ दिनपछि नै कार्तिक २५ गते पुन मुल्य बृद्धि गरिएको थियो । मुल्यबृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठन, विप्लब नेतृत्वको नेकपालगायतले प्रदर्शन गरिरहेको छ । तर, सरकार पक्षले भने यसप्रति कुनै चासो देखाएको छैन् ।

लामो समय कोरोनाका नियन्त्रणका लागि भएको लकडाउन र निषेधाज्ञाका कारण थलिएका आमनागरिकको दौनिकी मुल्य बृद्धिका कारण झनै झनै कष्टकर बनेको छ । अहिले नेपाल आयल निगमले जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको छ । मुल्य बृद्धिको विरोधमा आवाज पनि नउठेका हैनन् । निरन्तर यसको विरोधमा सडक प्रदर्शन भईरहेको छ । संयुक्त विद्यार्थी संगठनले माइतीघर मण्डला, प्रदर्शनीमार्ग नेपाल आयल निगम अगाडि प्रदर्शन गरेका छन् , भने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ३० गते पेट्रोलियम मात्र नभई खाध्य बस्तुहरुको मुल्य बृद्धिविरुद्ध नेपाल बन्द पनि ग¥यो । तर, एक हप्तासम्म लगातार आन्दोलन हुँदा पनि नेपाल आयल निगम र सरकारी पक्षले कुनै चासो देखाएको छैन ।

विद्यार्थी संगठनहरुले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पेट्रोलियम पदार्थ र अन्य खाद्यवस्तुमा गरिएको चर्को मूल्यवृद्धि फिर्ताको पहल गर्न ज्ञापनपत्र समेत बुझाएका छन् । विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थको कर घटाइ मूल्यवृद्धि फिर्ता लिन माग गरेको ज्ञापन पत्र बुझ्दै नेता नेपालले कर घटाएर भएपनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्न नहुने बताए ।

आन्दोलनरत विद्यार्थीहरूले आफूहरुको आवाजलाई मत्थर गर्ने प्रयत्न गरियो भने आवश्यक कदम चाल्न वाध्य हुने चेतावनी सरकारलाई दिएका छन् । सत्तारुढ दलकै विद्यार्थी संगठन सडकमा ओर्लिए पनि सरकारको ध्यानाकर्षण नभएपछि विद्यार्थी नेताहरु आर्कोशित बनेका छन् ।अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि नेपालमा पनि नबढाई सुखै नपाइएको नेपाल आयल निगम र सरकारी पक्षको भनाइ छ । घाटाको व्यापार गर्दा गर्दा आफैं चुर्लुम्म डुबेकोले मूल्यवृद्धि फिर्ता हुने सम्भावना नरहेको आयल निगमले बताउँदै आएको छ ।