राजनीति

एमाले अध्यक्षमा उम्मेद्वारी दिने भीम रावलको घोषणा (लाइभ)


काठमाडौँ — नेकपा एमालेका उपाध्यक्ष भीम रावलले रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरेर १० औं राष्ट्रिय महाधिवेशनमा  अध्यक्ष पदमा उम्मेद्वारी दिने गरेका छन् । उपाध्यक्ष रावलले आइतवार पत्रकार सम्मेलन गरी पार्टीको नीतिअनुसार संचालन हुन आफूले उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

उम्मेदवारी घोषणाअघि पत्रकार सम्मेलनमा रावलले महत्वपूर्ण घोषणा पार्टी कार्यालयबाटै गर्न चाहे पनि सम्भव नभएको बताए ।

रावलले भने, ‘पार्टी केन्द्रीय कार्यालय थापाथलीबाटै घोषणा गर्न लागेको थिएँ, तर महासचिवबाट महाधिवेशनको व्यस्तताले गर्दा त्यहाँ भएका सबै कक्षहरु खाली छैनन् भन्ने जानकारी प्राप्त भएपछि यो महत्वपूर्ण विषयको घोषणा रिपोर्टस क्लवबाट गर्नुपरेको हो ।’ एमालेको महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।