राजनीति

प्रदेश २ मा नेकपा एसका दुई मन्त्रीले लिए शपथ


काठमाडौँ – प्रदेश नम्बर–२ सरकारमा सहभागी भएको नेकपा (एकीकृत समाजवादी) का दुई मन्त्रीले आज आइतबार बिहान पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्रीद्वय शत्रुधन महतो र प्रमोद यादवले गोपनीयताको शपथ लिएका हुन् ।

शनिबार उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा शत्रुधन महतो र कानुन, न्याय तथा प्रदेश मामिलामन्त्रीमा प्रमोद यादव नियुक्त भएका थिए । नेकपा एस पनि सरकारमा सामेल भएसँगै अब प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा)को नेतृत्वमा नेपाली कांग्रेस तीन, नेकपा (एकीकृत समाजवादी) दुई र नेकपा (माओवादी केन्द्र) एक मन्त्रालयसहित चारदलीय गठबन्धनको सरकार भएको छ ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रमुख प्रतिपक्षी दल बनेको छ । एमाले र लोसपा सरकार बाहिर छन् ।