राजनीति

डिआइजी र एसएसपीको काज सरुवा


काठमाडौँ – गृह मन्त्रालयले नेपाल प्रहरीका केही डिआइजी र एसएसपीको काज सरुवा गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी मुकुन्द आचार्यलाई करिब पाँच महिनामै हटाइएको छ ।

लुम्बिनीमा डिआइजी प्रकाश अधिकारीको पनि सरुवा भएको छ । काठमाडौं र ललितपुर परिसरका एसएसपी पनि फेरिएका छन् । काठमाडौं परिसरमा एसएसपी सुदीप गिरी तथा ललितपुर परिसरमा एसएसपी यज्ञबिनोद पोखरेललाई पठाइएको छ । काठमाडौं परिसरका एसएसपी अशोक सिंहको भरतपुर तालिम केन्द्रमा सरुवा भएको छ ।