राजनीति

७५ जिल्लामा स्थानीय तहको अधिवेशन सम्पन्न


काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत ७५ जिल्लामा स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । ७५ जिल्लामा वडा अधिवेशन सकिएर गाउँपालिका र नगरपालिकास्तरीय कार्यसमितिको नेतृत्व चयन भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार रसुवा र सर्लाहीमा भने क्रियाशील सदस्यताकै विवादका कारण अधिवेशन रोकिएका छन् । कांग्रेसले मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा पार्टीको १४ औँ महाधिवेशन गर्ने कार्यतालिका छ । त्यसअघि अब १६५ वटा प्रतिनिधिसभा क्षेत्र, ७७ जिल्ला र ७ वटै प्रदेशको अधिवेशन गराईसक्नुपर्ने बाध्यता छ ।