राजनीति

माओवादी होमियो राष्ट्रिय सम्मेलनमा : एकैसाथ देशभर वडा सम्मेलन, बलियो पार्टी बन्ने दाबी (भिडियोसहित)


काठमाडौँ — आगामी पुसमा राष्ट्रिय सम्मेलन गर्ने तयारीमा रहेको माओवादी केन्दले आजबाट वडा सम्मेलनगरिरहेको छ । सदस्ता नवीकरण सकिएसँगै माओवादी केन्द्रले तल्लो तहकोसम्मेलनसुरु गरेको हो । वडा सम्मेलन हुँदै गर्दा कतिपय नेताहरु भने आफ्नै पार्टीप्रति सन्तुष्ट देखिँदैनन् ।

जनताको आश थियो माओवादीले समानताको लागि केहि गर्छ, समाजवादी विभेदको अन्त्य गर्नेछ । माओवादीले अत्याचार देख्न, सुन्न र भोग्नु पर्दैन भनेर साधारण मानिसलाई युद्धमा लड्न प्रेरित गरिएको थियो । कतिपय प्रत्यक्ष युद्धमा होमिए त कतिपयको जीवनमा युद्धको अप्रत्यक्ष प्रभाव पर्यो । तर, जति जनताले माओवादीबाट अपेक्षा गरेका थिए, त्यो हुन सकेन । अझै पनि माओवादीले आफू जनताको पार्टी भएको दाबी गर्न छोडेको छैन । माओवादी केन्द्रले आगामी राष्ट्रिय सम्मलेनलाई लक्षित गर्दै शनिबार वडा सम्मलेन गरेको छ । पार्टीलाई नयाँ शिराबाट अगाडि बडाउनका लागि वडा तहबाटै नेतृत्व परिवर्तन जरुरी रहेको भन्दै माओवादीलेसक्षम नेतृत्व राष्ट्रिय सम्मेलनमा आउने विश्वास लिएको छ । पार्टीलाई अझ फराकिलो बनाउँदै आगामी निर्वाचनमा ठुलो शतिm बनाउने नेताहरुले दाबी गर्दै आएका छन् ।

कतिपय नेताहरु भने लामो समय पार्टीमा लाग्दा पनि सोचे अनुरुपको जिम्मेवारी नपाएको र पार्टीले जनअपेक्षा अनुरुपको काम गर्न नसकेको बताउँछन् । अब भने तल्लो तहबाट नै नयाँ नेतृत्व चयन भएपछि जनताको लागि केहि गर्ने आश लिएको कतिपयको बुझाई छ ।
माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वडा सम्मेलनको उद्घाटनगर्दै पार्टी झन पार्टी बलियो भएको दाबी गरे ।

माओवादीले यही मङ्सिर ११ गते सबै पालिकामा र मङ्सिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन गर्दैछ । आगामी पुस ११, १२ र १३ गते काठमाडौँमा राष्ट्रिय सम्मेलनको सम्पन्न गर्ने माओवादीको तयारी रहेको छ ।