राजनीति

पूर्वमाओवादी नेताहरुले सम्मानजनक स्थान पाउने नेता नेम्वाङको भनाई


काठमाडौँ – माओवादी केन्द्र छोडेर नेकपा एमालेमा आएका पूर्व माओवादी नेताहरूले एमालेका आसन्न महाधिवेशनमा सम्मानजनक स्थान पाउने एमालेका नेता सुवासचन्द्र नेम्वाङले बताएका छन् । स्थायी कमिटी सदस्यसमेत रहेका नेम्वाङले पूर्वमाओवादी नेताहरुलाई प्रतिस्पर्धाबाट आउन अफ्ठेरो हुने अवस्था हुने भएकाले आपसी सहमतिबाट नै सम्माननजनक स्थान दिने बताएका हुन् ।

यसका लागि पार्टीभित्र छलफल र गृहकार्य पनि भइरहेको उनले प्रतिक्रिया दिए । तत्कालीन नेकपा विभाजन भइ एमाले र माओवादी केन्द्र ब्यूतिँदा नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट, प्रभु साह लगायत नेताहरु एमालेतिर लागेका थिए । एमालेको १०औँ महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदैछ ।