राजनीति

सर्वोच्चमा कानुन व्यवसायी र प्रहरीबीच झडप, बार अध्यक्ष श्रेष्ठसहित १२ जना घाइते


काठमाडौँ – सर्वोच्च अदालत परिसरमा आन्दोलनमा रहेका कानुन व्यवसायीलाई रोक्न प्रहरीले बल प्रयोग गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आन्दोलनमा रहेका कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेको हो ।

प्रधानन्यायाधीश सर्वोच्च पस्ने गरेको गेटमा कानुन व्यवसायीले अवरोध पुर्याउन खोजे पछि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएको कानून व्यवसायीहरुले जानकारी दिएका छन् । प्रहरीले बल प्रयोग गरेपछि आन्दोलन थप चर्काउने कानुन व्यवसायीले चेतावनी दिएका छन् ।

विरोध प्रदर्शनका क्रममा झडपसमेत हुन थालेपछि सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । कानुन व्यवसायीले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आएका छन् भने प्रधानन्यायाधीश तत्काल राजीनामा नदिने अडानमा हुनुहुन्छ । नेपाल बार एसोसिएशनले गएको कात्तिक १४ गतेदेखि प्रधानन्यायाधीशविरुद्ध निरन्तर आन्दोलन गर्दै आएको छ ।