राजनीति

शिक्षामन्त्री पौडेल स्वदेश फिर्ता


काठमाडौँ – शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल नेपाल फर्केका छन् । युनेस्कोको ४१ औं महासभामा भाग लिन नोभेम्बर १० तारिक फ्रान्सको राजधानी पेरिस गएका मन्त्री पौडेल बिहीबार बिहान स्वदेश फर्किएका हुन् ।

मन्त्री पौडेलले आफूले महासभामा महामारीको समयमा कम प्रविधिको प्रयोग हुने टेलिभिजन, सामुदायिक रेडियो र घरमा आधारित सिकाइ सामग्रीको प्रयोग गरेर बालबालिकाको शिक्षालाई निरन्तरता दिएको विषयमा सम्बोधन गरेको जानकारी दिए ।

कोरोना महामारीले शिक्षामा डिजिटल डिभाइसको महत्त्वको बारेमा सोच्न बाध्य बनाएको विषयमा कुरा राखेको छु, उनले भने , ‘ नेपालको शिक्षा अभिवृद्धि गर्न युनेस्कोलगायतको संस्थाहरूलाई लगानी गर्न आग्रह गरेको छु ।