राजनीति

अमेरिकी सहायक विदेशमन्त्री लु र प्रधानमन्त्री देउवाबीच आज भेटवार्ता हुँदै


काठमाडाैँ – अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी विदेश सहायकमन्त्री डोनाल्ड लूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दै हुनुहुन्छ । दिउँसो हुने भेटवार्तामा समसामयिक विश्व मामिला, एमसिसीसहित नेपाल अमेरिका सम्बन्धका विषयमा छलफल हुने बताइएको छ ।
लूले डिसेम्बरमा अमेरिका आयोजना हुने विश्व प्रजातन्त्र सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवालाई निमन्त्रणा पनि दिनुहुने छ । बाइडेन अमेरिकी राष्ट्रपति भएपछि दक्षिण तथा मध्य एसिया हेर्ने अधिकारीहरू फेरबदल भएका थिए । लु नेतृत्वको टोली बुधबार साँझ काठमाडौँ आएको हो । टोलीले प्रधानमन्त्री देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत उच्च अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ । अमेरिकी सहायकमन्त्री लू शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।