बिजनेस

डिजिटल कर प्रणालीलाई व्यवस्थित बनाएर व्यवसायी मैत्री कर प्रणाली बनाउछौं : अर्थमन्त्री शर्मा


काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले डिजिटल कर प्रणालीलाई थप व्यवस्थित बनाएर व्यवसायी मैत्री कर प्रणाली बनाउन सरकार लागि परेको बताउनु भएको छ । १० औँ राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले डिजिटल कर प्रणालीलाई थप व्यवस्थित बनाएर व्यवसायी मैत्री कर प्रणाली बनाउन सरकार लागि परेको बताउनु भएको हो ।

अर्थमन्त्री शर्माले डिजिटल प्रणालीलाई व्यवस्थित रुपमा पूर्ण लागू गर्नको लागि सरकार मात्र नभई करदाता र कर प्रशासन समेतले त्यसको व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले सरकारले व्यवसायीलाई कर कार्यालयसम्म जानु नपर्ने गरी सबै कर प्रणलाीलाई व्यवसायी मैत्री कर प्रणाली निर्माण गर्न लागेको बताउनु भयो । सचिव शर्माले कर तिर्नको लागि कुनै विवाद गरिरहनु नपर्ने भन्दै हरेक सेवा, सुविधा र सुरक्षाका लागि सबैले कर तिर्नु पर्ने बताउनु भयो ।