देश

प्रदेश २ का उद्योगमन्त्री रामनरेश राय बर्खास्त


काठमाडौँ – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश रायलाई बर्खास्त गर्नुभएको छ । नेकपा एकीकृत समाजवादीलाई प्रदेश सरकारमा सामेल गराउन उनलाई बर्खास्त गरिएको हो ।
मन्त्री रायलाई राजीनामा गर्न गरिएको आग्रह अस्विकार गरेपछि बर्खास्त गरिएको बताइएको छ । उक्त मन्त्रालय एकीकृत समाजवादीलाई दिने सहमति भएको छ । एकीकृत समाजवादीलाई दुई मन्त्रालय दिएर मन्त्रिपरिषद् विस्तार गर्ने प्रदेश सरकारको तयारी छ ।