राजनीति

प्रधानन्यायाधीश राणाले आजलाई तोके ९ इजलास



काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले आजलाई ९ इजलास तोकेका छन् । राणाले दुई एकल र आठ संयुक्त इजलास तोकेका हुन्। उनले आफ्नो लागि भने कुनै इजलास तोकेका छैनन् ।

आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको छ । यसैबीच नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्धको आन्दोलन थप सशक्त बनाउने तयारी गरेको छ।

रासर्वोच्च अदालतमा आजका लागि दश इजलास तोकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले दुई एकल र आठ संयुक्त इजलास तोकेका हुन्।

सर्वोच्चका अनुसार प्रधानन्यायाधीश जबराले आफ्नो लागि कुनै इजलास तोकेका छैनन्। आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ।

यसैबीच नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको आन्दोलन थप सशक्त बनाउने तयारी गरेको छ। राजीनामा दिनुको साटो विज्ञप्ति जारी गरी वार्ताको आह्वान गरेको भन्दै आन्दोलन थप सशक्त बनाउन लागिएको एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए। त्यसका लागि छलफल गर्न दिउँसो १ बजे बार केन्द्रीय कार्यसमितिको बैठक बस्ने श्रेष्ठले बताए।