राजनीति

मंगलबार पनि नेपाल बार एसोसिएसनले प्रदर्शन जारी



काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको राजीनामा माग गर्दै मंगलबार पनि नेपाल बार एसोसिएसनले प्रदर्शन जारी राखेको छ । दुई सातादेखि जबराको राजीनामा मागेर बार र सर्वोच्चका १९ जना न्यायाधीश आन्दोलनमा छन् ।

वार्ता र संवादबाट समाधान खोज्न सोमबार प्रधान्यायाधीश जबराले विज्ञप्तिमार्फत आव्हान गर्नुभएको थियो । तर, प्रधानन्यायाधीशको आह्वानलाई अस्वीकार गर्दै बारले जबरासँग वार्ता नगर्ने अडान लिएको छ ।

सर्वोच्चका न्यायाधीशहरू नै विभाजित भइरहेका बेला कानुन व्यावसायीहरूले भने आन्दोलन कुनै हालतमा राजीनामा नहुँदासम्म नछोड्ने बताएका छन् । सर्वोच्चमा चोलेन्द्रशमशेर राजीनामा देउ, भ्रष्टाचारका नाईके राजीनामा देउ, विचौलियाका नाइके राजीनामा देउ भन्ने नारा लागिरहेका छन् ।