काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीसँग स्पष्टीकरण सोधेको छ ।
खेलाडीको वर्गीकरण र सेन्ट्रल कन्ट्याक्टका विषयमा आफूखुसी मिडियामा अभिव्यक्ति दिएका कारण उनीहरूसँग स्पष्टीकरण माग गरिएको क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले जानकारी दिए।
क्यानले कप्तान मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, बलर सोमपाल कामी र कमलसिंह ऐरीसँग स्पष्टीकरण माग गरेको कार्यवहाक सचिव मल्लले जानकारी दिए। उनले खेलाडी वर्गीकरणका विषयमा असन्तुष्टि भए क्यानसँग छलफल गरेर समाधान निकाल्नु पर्नेमा आफूखुसी मिडियामा बोल्नु उचित नभएको बताए।
प्रतिक्रिया