काठमाडौँ – आजदेखि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले कतारसँग तीन टि २० आई सिरिज सुरु गर्दैछ ।
२३ महिनापछि पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको महिला टोलीले आइसिसी वुमन्स टि २० एसिया छनोटको तयारीस्वरुप कतारसँग तीन टि २० आई सिरिज खेल्न लागेको हो ।
आज पहिलो खेल दोहाको वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियममा हुने छ । खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ । पछिल्लो पटक नेपाली महिला क्रिकेट टोलीले १३ औं दक्षिण एसियाली खेलकुद ९साग० मा ७ डिसेम्बरमा पोखरामा खेलेको थियो ।
नेपाली टोलीले कार्तिक ३०, मंसिर १ र २ गते ९नोभेम्बर १६, १७ र १८० मा कतारसँग तीन टि२० आई सिरिज खेल्नेछ ।
प्रतिक्रिया