समाचार

आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस



काठमाडौँ – आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस । व्यक्ति र समाजमा सहिष्णुता र सद्भाव कायम होस भनेर यो दिवस मनाउने गरिन्छ ।

असहमति, असमझदारी र असहनशिलताका कारण मानिसमा हुन सक्ने मनमुटाव कम गराउने सन्देश दिँदै यो दिवस विश्वभर मनाइन्छ । युनेस्कोद्वारा घोषित एक दिवस हो जसले सन् १९९५ देखि विश्वभरि असहमति, असमझदारी र असहनशिल भएपछिको खतराहरुको बारेमा जन जागरूकता फैलाउने काम गर्दछ ।

दिवसको अवसरमा युनेस्कोले विभिन्न सम्मेलन र समारोहहरूको आयोजना हुने गर्दछ । यस्ता समारोहहरुमा सहनशीलता र अहिंसाको प्रवर्धनको बारेमा गम्भीरता पुर्वक छलफल हुनेगर्दछ ।