समाचार

सेवाग्राही सँग घुस लिने सर्लाहीका दुई जना वडा सदस्य रंगेहात पक्राउ


काठमाडौँ – सेवाग्राही सँग घुस लिने सर्लाहीका दुई जना वडा सदस्य रंगेहात पक्राउ परेका छन् ।सर्लाहीको ईश्वरपुर नगरपालिका वडा न(११ बेलामा सेवाग्राहीसँग घुसलिने दुई जना वडा सदस्यहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।

टोलीले बेलाका वडा सदस्यद्वय सोनेलाल साह र उमेश रायलाई सेवाग्राहीसँग घुस लिदै गरेको अवस्थामा पक्राउ गरेको हो । ढलान सम्वन्धी काम सम्पन्न पश्चात उपभोक्ता समितिलाई कार्य सम्पन्न भएको सिफारिस गरिदिए बापत सेवाग्राहीसँग लिएको एक लाख ५० हजार रुपैया सहित वडा सदस्यद्वय साह र रायलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

दुवै वडा सदस्यलाई अख्तियारको टोलीले सोमबार दिउँसो वडा सदस्य साहले नै लालबन्दी नपा(७ स्थित बजारमा संचालन गरेको कृष्ण इन्टरप्राइजेजबाट घुस रकमसहित रंगेहात पक्राउ गरेको हो । बेला भलुवाहीमा भर्खरै २५ लाखको बजेटबाट सडक ढलानको कार्य सम्पन्न भएको छ ।