राजनीति

कांग्रेस ‘थोत्रो पार्टी’ भएको ओलीको दावी


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ नेपाली कांग्रेस ुथोत्रो पार्टीु भएको दावी गरेका छन् । उनले त्यस्तो थोत्रो पार्टीको पछि लागेका तत्कालीन नेकपाका नेताहरूसँग पनि आक्रोश पोखेका छन् ।

सोमबार धनकुटामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने “नेपाली कांग्रेस थोत्रो पार्टी भइसक्यो । नेपाली कांग्रेसको पछि लाग्ने कस्तो होलान् विचार गर्नुस् त । आफ्नो दुई तिहाइको सरकार ढालेर बुढो कांग्रेसका पछि लागेर सरकारमा सामेल हुने कस्तो बुद्धि होला तिनीहरूको ?” ।

ओलीले सहिदहरूको सपना अब एमालेले मात्र साकार पार्ने सक्ने बताए । उनले मौका पाउनेसाथ एमालेले विकास गरेर देखाएकोसमेत दाबी गरे । साथै, उनले एमाले प्रवेश गरेका नेताहरूलाई पछुताउने अवस्था नआउने बताए ।