राजनीति

कृषि गुणात्मक परिवर्तनको आवश्यकता : अध्यक्ष नेपाल


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रमा गुणात्मक परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको घोषणा तथा सपथग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कृषि क्षेत्रमा गुणात्मक परिवर्तनको आवश्यकता रहेको औँल्याउनुभयो ।

नेपालले कृषि क्षेत्रको रुपान्तरणको निम्ति प्राथमिकता हुनुपर्ने बताउनुभयो । कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरण गर्न सकेमा अर्थतन्त्रमा आमुल परिवर्तन हुने उहाँले बताउनुभयो । उहाँले सुकुम्बासीहरुको समस्या समाधानमा सरकारले ध्यान पु¥याउनुपर्ने बताउनुभयो ।