काठमाडाैँ – सर्लाही प्रहरीले जिल्लाको लालबन्दी नगरपालिकास्थित उत्तरतर्फका बिभिन्न ठाउँहरुमा लगाइएको अवैध गाँजा खेती नष्ट गरेको छ । आइतवार लालबन्दी नगरपालीका वडा न– १४ अन्तर्गत कामिटार, मटरखोला, हात्तीसुँडे, तोरीबारी, मटरदोभान र ब्रह्मस्थानमा स्थानीयवासीले ठुलो मात्रामा लगाएको अवैध गाँजा खेती प्रहरीले फँडानी गरेको हो ।
उक्त स्थानमा स्थानीयहरुले ठूलो मात्रामा गाँजा खेती लगाएको छ भन्ने प्राप्त गोप्य सूचनाको आधारमा पुगेका प्रहरी र सशस्त्र प्रहरीको टोलीले करिब ६ बिघा क्षेत्रफलमा लगाएको गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिएको छ ।।
प्रतिक्रिया