काठमाडौँ – ओखलढुंगाको सुनकोसी गाउँपालिका ९ काँडेभन्ज्याङ नजिकै जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार चार जनाको जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्युहरूमा ३५ वर्षीया मिठुमाया मगर, वर्ष १६ वर्षीया तुलसा मगर र खगेन्द्र मगर रहेका छन् । एक जनाको सनाखत भइसकेको छैन । दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर रहेका चार जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
प्रदेश ३–१०२२–च९६९४ नम्बरको दुर्घटनामा हुँदा १३ जना घाइते छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। मृतकको खनाखत भइसकेको छैन भने दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको ओखलढुंगाका प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले बताए।
प्रतिक्रिया