राजनीति

१४ औं महाधिवेशन व्यवस्थापनको लागि समिति गठन


काठमाडौँ – नेपाली काँग्रेसले १४ औं महाधिवेशनको व्यवस्थापनको लागि समिति गठन गरेको छ । देशभरबाट भेला हुने महाधिवेशन प्रतिनिधिको व्यवस्थापनका लागि सो नेता सुरेन्द्र पाण्डेको संयोजकत्वमा समिति गठन गरिने भएको हो ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा केन्द्रीय समिति बैठक अघि बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले पाण्डेको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो । यस्तै बैठकले सातै प्रदेशमा महाधिवेशन समन्वय समिति बनाउने सहमति गरेको छ । जसका लागि केन्द्रीय नेताहरुलाई संयोजक तोकिने छ । १ को संयोजकमा कृष्ण सिटौला, २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा मुख्यमन्त्री जीवन बहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्र बडूलाई संयोजक तोक्ने गरी निर्णय भएको छ ।

प्रचार संयोजकको जिम्मेबारी प्रवक्ता विश्वप्रकाश शर्मालाई दिइने भएको छ । राष्ट्रिय महाधिवेशन पछि नीति महाधिवेशन गर्ने बारे केन्द्रीय कमिटी बैठकमा छलफल भएको छ ।