राजनीति

कांग्रेस पदाधिकारी बैठक बस्दै


काठमाडौँ – प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । पार्टी महाधिवेशनको विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्न लागेको हो ।
भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकको एजेन्डामाथि पदाधिकारी बैठकमा छलफल हुने नेताहरूले बताएका छन् । बैठकमा पार्टीको १४औं महाधिवेशनसँगै समसामयिक विषयमा छलफल हुने छ ।