देश

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन


काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रतिपक्षी दल नेकपा एमालेनिकट अनेरास्ववियुले प्रदर्शन गरेको छ । काठमाडौँँको प्रदर्शनी मार्गमा नारा जुलुस गर्दै विद्यार्थीहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका हुन् । सोक्रममा प्रहरीले बलसमेत प्रयोग गरेको छ ।

पटकपटक भाउ बढाएर जनताको ढाड सेकेको भन्दै तत्काल मूल्यवृद्धिको निर्णय फिर्ता लिन उनीहरूको माग छ । उनीहरूले ‘नाफा घाटा जान्दैनौँ, मूल्यवृद्धि मान्दैनौँ,’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए । आयल निगमले बुधबार पेट्रोल र डिजेलमा ३–३ रुपैयाँ र खाना पकाउने ग्यासमा ७५ रुयैयाँ मूल्य वृद्धि गरेको थियो ।