समाचार

उदाउँदो सूर्यलाई अघ्र्य दिइ छठ सम्पन्न


काठमाडौँ – उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएसँगै चारदिने छठ पर्व सम्पन्न भएको छ । हिजो साँझ अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिएका ब्रतालुहरुले आज बिहान उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएका छन् । यससँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने चाड छठ पर्व सम्पन्न भएको छ ।

सोमबारबाट सुरु भएको छठ पर्वको पाँचौ दिन आज बिहान उदाउँदो सूर्यको पूजा आराधना गरी अघ्र्य दिएर समापन भएको हो । गत वर्ष कोरोनाका कारण सुनसान उपत्यकाको गौरीघाट, कमलपोखरी लगायतका जलाशयहरुमा छठ पुजाका लागि व्रतालुहरुको घुइँचो थियो ।

छठको मुख्य दिन हिजो बुधबार उपत्यकासँगै विशेषगरी मिथिला क्षेत्रमा ब्रतालुहरुले सजाइएको घाटमा मिष्ठान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिएका थिए ।