राजनीति

दुई सातामै आकाशियो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौँ – नेपाल आयल निगमले उपभोक्ताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन–तीन रुपैयाँ बढाइएको छ ।

खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ७५ रुपैयाँ बढाएर एक हजार पाँच सय ७५ पु¥याइएको छ । दुई साता नबित्दै निगमले आजबाट लागू हुने गरी पुनः मूल्य बढाएको हो । अब पेट्रोल प्रतिलिटर एक सय ३६ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य एक सय १९ रुपैयाँ कायम भएको छ ।

आन्तरिक वायुसेवाले प्रयोग गर्ने हवाई इन्धन एक सय एक रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको छ भने अन्तर्राष्ट्रिय उडान भर्ने विमानका लागि हवाई इन्धन आठ सय ९५ डलर प्रतिकिलोलिटर पु¥याइएको छ । निगमले यसअघि गत कात्तिक १२ गते पनि मूल्यवृद्धि गरेको थियो ।