काठमाडौँ – राष्ट्रिय बिभूती तथा समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको १३७औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । वि.सं १९४२ कात्तिक २५ गते इलामको इभाङ ५ चुक्चिनाम्वााम जन्मिनुभएका नरध्वज लिङदेन पछि फाल्गुनन्दको नामबाट परिचित बन्नुभएको हो ।
महागुरु फाल्गुनन्दको जन्मजयन्ती नेपालमा मात्र नभएर विदेशमा समेत मनाउने गरिएको छ । किरात धर्मावलम्बीहरु बसोवास रहेको भारत, भूटान, हङकङ, बेलायत, मलेसिया, कतार, दुबइ, साउदी, ब्रुनाई, कोरिया, जापान, अमेरिका, अष्ट्रेलिया, क्यानडा, साइप्रस लगायतका मुलुकमा पनि जन्मजयन्ती मनाउने किरात धर्म तथा साहित्य उत्थान संघले जनाएको छ ।
प्रतिक्रिया