राजनीति

नेपाली काँग्रेसको मात्र नभएर गणेशमान सिंह सम्पूर्णको मन जित्ने नेता (भिडियोसहितंं)


काठमाडौँ – नेपाली काग्रेसभित्रको गुट उपगुटको व्यवस्थापन हुन नसक्दा पार्टी लथालिङ्ग छ । पार्टीको आन्तरिक वैठकमा मात्र नभएर काग्रेसभित्रको गुट गणेशमान सिंहलाई सम्झदै गर्दा सार्वजनिक कार्यंक्रममा समेत देखियो । गणेशमानको जन्मजयन्ती मनाउदै गर्दा काठमाडौमै काँग्रेसका दुइतिर कार्यक्रम भए ।

गणेशमान सिंहको १ सय ७ औं जन्म जयन्ती मनाउदै गर्दा काठमाडौ उपत्यकामा नेपाली काँग्रेस भित्रै दुई गुटले दुइतिर कार्यक्रमको आयोजना गरे । यो दृष्य हो, गणेशमान सिंहको जन्मजयन्तीका अवशरमा गणेशमान सिंह तथा जन आन्दोलनका शहीद स्मृति शान्ति प्रतिष्ठानद्वारा काठमाडौमा आयोजना गरिएको कार्यक्रमको । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका उनी सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । ऐतिहासिक जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा सिंहले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए । काँगे्रसमा सिंहपछि त्याग र निष्ठाको राजनीति गर्ने नेता नै नभएको कतिपयको जिकिर छ । तर, पनि कतिपय नेताहरु भने उहाँले गरेको त्याग र योगदानलाई पछ्याइरहेको बताउछन् ।

नेपाल प्राध्यापक संघका अध्यक्ष प्राध्यापक खगेन्द्र प्रसाद भट्टराईले गणेशमान सिंहको योगदान इतिहासमा विर्सन नसक्ने बताए । उहाँ नेपाली कांग्रेसको मात्र नेता नभएर सम्पुर्णको मन जित्ने व्यक्ति रहेको स्मरण गरे ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले रत्नपार्कमा रहेको गणेशमानसिंहको शालिकमा माल्यार्पण गर्दै गणेशमानलाई सम्झीए । काठमाडौंमै भएको अर्को एक कार्यक्रममा गणेशमान सिंहका पुत्रसमेत रहेका काँग्रेस नेता प्रकाशमान सिंहले कांग्रेस स्थापना र देशमा प्रजातन्त्र स्थापनाका लागि सर्वमान्य नेता गणेशमान सिंहको महत्वपूर्ण योगदान रहेको भन्दै उनले गणेशमानले देखाएको बाटो वर्तमान कांग्रेसले पछ्याउनुपर्ने बताए ।

गणेशमान सिंहले संगठन या सरकार जहाँ भएपनि, आफ्नो फरक मत राखेपनि, लोकतन्त्र र राजनीतिक दललाई कमजोर बनाउने काम कहिल्यै गरेनन् । अहिले काग्रेसभित्र गुट–उपगुट मौलाइरहँदा गणेशमान जस्ता नेताको आवस्यक रहेको विश्लेषण हुने गरेको छ ।