देश

मलद्वारमा लुकाएर ल्याएको सुनसहित त्रिभुवन विमानस्थलमा एक भारतीय पक्राउ


काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलद्वारमा लुकाएर ल्याइएको सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । शंकाको आधारमा चेक गर्दा भारतीय नागरिक मोहमद जुबेद पक्राउ परेका हुन् ।

उक्त सुन निकाल्नका लागि जुबेदलाई पानी चिया खान दिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाले बताए । ‘पानी, चिया खुवाएर दिसा गराएर सुन निकालिएको हो’ उनले भने ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको बाँस्तोलाको भनाइ छ ।