देश

राष्ट्रपति परिवारको तथ्यांक संकलनबाट जनगणनाको सुरुवात गरिने


काठमाडौँ – प्रत्येक दश दश वर्षमा हुने राष्ट्रिय जनगणना राष्ट्रपति विद्यादेवी भण्डारी परिवारको तथ्यांक संकलन गरेर भोली बिहीबारबाट सुरुवात गर्ने भएको छ । भोली बिहीबार बिहप्बा। साढे नौ बजे राष्ट्रपति परिवारको तथ्यांक संकलन गरेर जनगणनाको सुरुवात गरिने केन्द्रीय तथ्यांक विभागले जनाएको हो ।

केन्द्रीय तथ्यांक विभागका अनुसार भोली बिहान नै ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवा परिवारको र दिउँसो १ बजे उपराष्ट्रपति नन्दबहादुर पुन परिवारको तथ्यांक संकलन गरिने छ । विभागले आज गरेको पत्रकार सम्मेलनमा विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले राष्ट्रिय जनगणनाको सबै तयारी पूरा भएको बताए । भोलिदेखि १५ दिनसम्म जनगणना कार्य हुनेछ ।