राजनीति

जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०७ औँ जन्मजयन्ती मनाइँदै


काठमाडौँ – जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०७औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । गणेशमान जयन्तीका अवसरमा कांग्रेस र भ्रातृ एवं शुभेच्छुक संघसंस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गर्नुभएका सिंह निष्ठाको केन्द्रको रुपमा परिचित हुनुहुन्छ । जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा सिंहले आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको नमुना प्रस्तुत गर्नुभएको थियो । विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिनुभएका सिंहको २०५४ असोज २ गते निधन भएको थियो ।