राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी


काठमाडौँ — सत्तारुढ नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक पार्टी मुख्यालय पेरिस डाँडामा बसिरहेको छ ।

बिहान साढे ११ बजेदेखि सुरु भएको बैठक अहिले जारी छ । यो बैठकमा समसामयिक राजनीति, पुसमा हुने भनिएको राष्ट्रिय सम्मेलन, संगठन सुदृढीकरणसहितका विषयमा छलफल भइरहेको छ । माओवादी केन्द्रले पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने तयारी छ । माओवादीले कात्तिक २५ गतेसम्म सदस्यता नवीकरण गरिसक्ने भएको छ ।

माओवादीले ३० लाख पार्टी सदस्य बनाउने घोषणा गरेको थियो । तर अपेक्षित रुपमा सदस्यता वितरण हुन नसकेकोबारे समीक्षा भइरहेको छ ।