राजनीति

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु



काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ।

सत्तारुढ पाँच दलीय गठबन्धनले सरकारका काम कारबाहीमा सहयोग गर्न समन्वय समिति बनाएपछि माओवादी केन्द्रको बैठक बसेको हो। समितिमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ रहनुभएको छ ।

आजको स्थायी कमिटी बैठकमा प्रचण्डले सदस्यहरुलाई समन्वय समितिबारे जानकारी दिँनुहुने छ ।
बैठकमा एमसीसीलाई पठाइएको भनिएको पत्रका बारेमा पनि छलफल हुने बताइएको छ।