राजनीति

प्रधानन्यायाधीश जबराले बन्दीप्रत्यक्षीकरणबाहेकका मुद्दामा पनि तोके पेशी


काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दीप्रत्यक्षीकरणबाहेकमा मुद्दामा पनि पेसी तोक्नुभएको छ ।

जबराले आज आफूसहित १० वटा इजलास तोक्नुभएको छ । आफूलाई एकल इजलास र अन्य १६ जना न्यायाधीशलाई ९ वटा संयुक्त इजलास तोक्नुभएको छ । प्रधानन्यायाधीश जबराले आजका लागि आफूलाई विभिन्न ७ वटा मुद्दामा पेसी तोक्नुभएको छ । न्यायालय सुधारका लागि प्रधानन्यायाधीश जबराले विकल्प दिनुपर्ने मागसहित सर्वोच्चका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा हेरेका छैनन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले लगातार आन्दोलन गर्दै आएको छ । बार एसोसिएसनले आन्दोलनलाई थप सशक्त बनाउँदै लैजाने बताएको छ ।