राजनीति

नेपाल बारको आन्दोलनलाई प्रधानन्यायाधीशको चुनौति



काठमाडौँ –– तिहारको बिदा सकिएसागै प्रधान्यायाधीस चोलेन्द्र समसेर राणाले आफ्नो राजिनामा मागेर सर्वोच्च अदालतको इजलास बहिष्कार गर्दै आएका न्यायाधीसलाई जसरी भएपनि काममा फर्काउने योजनामा काम गर्न सुरु गरेका छन् । सोमबार उनले सर्वोच्चका बहालवाला सबै न्यायाधीसलाई काममा फर्कन वा राजिनामा दिएर सडक आन्दोलनमा जान सन्देस पठाएका छन् ।

प्रधानन्यायाधीस राणाको कठोर सन्देस पाएसँगै बहुमत न्यायाधीस काममा फर्कन राजि भएका हुन् । त्यही कारण मंगलबारदेखि सर्वोच्च अदालतमा पेशीमा चढेका मुद्दाहरुमाथि छलफल सुरु हुने दाबी गरिएको छ । साथै उनले बाँकी न्यायाधीसलाई पनि सोमबारभित्रै निर्णय गर्न समेत निर्देशन दिएका छन् ।

प्रधानन्यायाधीस राणा कुनै अवस्थामा राजिनामा दिन तयार छैनन् । त्यही कारण उनले विवाद निकासका विकल्पमा छलफल गर्न समेत पटक पटक न्यायाधीसहरुलाई आग्रह गर्दै आएका थिए ।

तर, नेपाल बार एसोसिएसनको समेत साथ पाएका न्यायाधीसहरुले उनको कुरा नै सुन्न छाडेका थिए । प्रधानन्यायाधीस राणाको यो कदमसँगै आन्दोलनरत नेपाल बार एसोसिएसनको विरोध समेत कमजोर बन्ने हो कि भन्ने सम्भावना बढेको छ ।